Logo
Logo

नेपाली सेनाद्वारा प्राविधिकतर्फ ३१९ जना कर्मचारी माग



काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सैनिक जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३१९ जना सैनिक कर्मचारी मागेको हो ।

सूचनाअनुसार सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ कर्मचारी मागेको छ । जसअनुसार अमलदार कर्मचारी पदमा १४७ जना मागेको छ । साथै, अन्य विभिन्न पदमा विभिन्न संख्यामा सैनिक कर्मचारीको माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

दरखास्त दस्तुर प्राबिधिक सुबेदारका लागि ४ सय रूपैयाँ, प्राबिधिक र लेखा जमदारका लागि ३ सय र पण्डित हुद्धालगायत अन्य पदका लागि २ सय रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्