Logo
Logo

सुन र करिब डेढ करोड नगदसहित को-को समातिए ?




काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले नगद र सुनसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र ३ भारतीय नागरिकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटे बस्ने गणेश दत्त बडु र आयुष बहु, झापा बिर्तामोड नपा–३ का दिनेश खरेल र भातराज खोल छन् ।

तीन भारतीय नागरिकमा अमोल विभूते, ऋषिकेश प्रकाश विभूते र गणेश सतिश वाल्टे छन् । प्रहरीले उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेकाे छ ।

काठमाडौँ–२४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई सुन र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्