Logo
Logo

टिभिएसले ल्यायो अपाचेको आरटीआर १६० बजारमा



काठमाडौं । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नेपालमा आफ्ना ग्राहकहरुका लागि थुप्रै उत्पादनहरु प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकल उत्साहीहरु माझ लोकप्रिय ब्रान्ड समेत रहेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ ।

यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्दछ । टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर बृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२००५ मा पहिलो पटक लन्च गरिएको टिभिएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थितिको साथ संसारभरि सबैभन्दा छोटो समयमा प्रख्यात स्पोर्ट्स ब्रान्ड भएको छ।

टिभिएस रेसिङको लामो इतिहासलाई निरन्तरता दिँदै, टिभिएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा आधारित निर्माण र परिष्कृत शृङ्खलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको छ र केवल उत्पादनबाट उच्च प्रतिष्ठित मोटरसाइकल ब्रान्डको रूपमा विस्तार भएको छ । जुन वर्षौंदेखि यसका ग्राहकहरूद्वारा माया र विश्वास पाउन सफल भएको छ । गत वर्ष यसको ५ मिलियन बिक्री अंक पार गरेर सोहि कुरालाई पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्