Logo
Logo

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने तीन बैंक सम्मानित



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने तीन बैंकलाई सम्मानित गरेको छ ।

राष्ट बैंकले आज आयोजित एक समारोहबीच ग्लोबल आईएमई बैंक, हिमालयन बैंक लिमिटेड र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो ।

एक वर्षमा ग्लोबल आईएमई बैंकले २१.१ प्रतिशत, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्