Logo
Logo

एक घण्टा छिटो खुल्दै काठमाडौं महानगरका कार्यालय


882
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘आइतबारदेखि कार्यालय विहान ९ बजे खोल्न लागेका छौं । बेलुका भने समय परिवर्तन गरिएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुन्छ ।’

उनका अनुसार थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

‘बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ ।

बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको हो,’ प्रवक्ता मानन्धरले भने ।

प्रतिक्रिया दिनुहोस्