Logo
Logo

उपनिर्वाचन : इलाम-२ मा मतदान सुरु



इलाम । इलाम–२ मा उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए । उनले भने, ‘मतदान बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म सहज वातावरण छ ।’ इलाम–२ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।

मतदान गर्दै रास्वपा उम्मेदवार मिलन लिम्बू

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।

उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये क केन्द्रमा ५ सय ५८ र ख केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् । आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्