Logo
Logo
उपनिर्वाचन

इलाम र बझाङमा उत्साहपूर्वक मतदान जारी



इलाम । इलाम–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

इलाम–२ मा कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् । यस्तै, रास्वपाका उम्मेदवार मिलन लिम्बुले यसअघि नै आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका छन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

बझाङमा पनि मतदान जारी

यस्तै, बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्