Logo
Logo

शिक्षक सेवा आयोगले माग्यो प्राथमिक तहका लागि ४,४६२ जना शिक्षक



काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकका लागि जागीर खुलेको छ । शनिबार शिक्षक सेवा आयोगले विभिन्न समूहमा सातै प्रदेशका लागि सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीबाट जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्