Logo
Logo
उपनिर्वाचन इलाम-२

अपडेट : हालसम्म २२ प्रतिशत मतदान



इलाम । इलाम–२ को उपचिर्वाचनमा अहिले बिहान ११ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताएका हुन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

विभिन्न केन्द्रहरुमा कुनैमा २०, २२ प्रतिशत मतदान भएको छ भने कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए ।
इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि देउमाई नगरपालिकास्थित देविस्थान आधारभुत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक ।

इलाम–२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि आज उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेपाली कांग्रेस, एमाले, रास्वपा, स्वतन्त्रलगायत गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

प्रतिक्रिया दिनुहोस्