Logo
Logo
उपनिर्वाचन

इलाम-२ : हालसम्म ३५ प्रतिशत मतदान



इलाम । इलाम– २ मा जारी निर्वाचनमा ३५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह साढे १२ बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

निर्वाचन अधिकृत घिमिरेका अनुसार हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।

इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि देउमाई नगरपालिकास्थित देविस्थान आधारभुत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक ।

यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ लगायत चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्