Logo
Logo

अपडेट : बझाङमा २२ प्रतिशत मतदान



बझाङ । बझाङमा दिउँसो १ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । बझाङको प्रदेशसभा १ (१)मा १ बजेसम्म २२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो । बझाङमा उपनिर्वाचन भएको प्रदेशसभा १(१) मा ६१ हजार ७४८ मतदाता छन् ।

यहाँबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान भइरहेको हो । यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन् । यहाँ ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्