Logo
Logo

नेपालले आज वेस्टइन्डिजसँग दोस्रो खेल खेल्दै



काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ‘ए’सँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा शनिबार वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ ।

पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुईमध्ये एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्