Logo
Logo

बझाङमा १० बजेपछि मतगन्न सुरू गरिने



काठमाडौं । उपनिर्वाचन भएको बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ ।

ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपु¥याएपछि सर्वदलीय बैठक बसेर जिल्ला अदालतमा मतगणना सुरु गरिने भएको हो ।

हिजो मौसम खराब भएकाले हेलिकप्टर उड्न नसक्दा सबै मतपेटिका ल्याउन नसकिएको उनको भनाई छ । आज बिहान ८ बजेभित्र मतपेटिका संकलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्