Logo
Logo

बझाङमा मतपेटिका संकलन सकियो, १० बजेदेखि मतगणना



बझाङ । बझाङमा मतपेटीका संकलन सकिएको छ । बझाङ–१ नम्बर प्रदेशसभा (१)को उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो । सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

आइतबार बिहानै साइपाल गाउँपालिकाका तीनवटा मतदान केन्द्रका मतपेटीका दुईपटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको हो । अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उनले बताए । सर्वदलीय बैठकलगतै १० बजेपछि मतगणना कार्य सुरू गरिने उनले बताए ।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो । यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए ।

यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए । मन्त्री बनेपछि गृह जिल्ला फर्किंने बेला उनी सवारी दुर्घटनामा परेर निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको हो । बझाङ–१ मा विभिन्न दलका ११ जना उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्