Logo
Logo

इलाम-२ काे मतगणना ११ बजेदेखि हुने



इलाम । इलाम–२ मा अहिले बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुनेछ ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएप्छि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्