Logo
Logo

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष माग गरेको छ ।
मन्त्रालयले खुला प्रतिस्पर्धाबाट समितिको अध्यक्ष नियुक्त गर्ने गरी आइतबार आवेदन माग गरेको हो ।

आवेदन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको, प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको वा आमसञ्चारसम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्तिले दिनसक्ने छन् ।

त्यस्तै, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा सेवाबाट कम्तीमा अधिकृतस्तरबाट अवकाशप्राप्त व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

पत्रकारिता आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको, प्रचलित कानूनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको नैतिक आचरण भएको व्यक्तिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय शाखामा आगामी एक सातासम्म आवेदन दिन सकिने छ ।

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुति र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्ति सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्