Logo
Logo

काठमाडौंमा अशक्त र गरिबलाई निःशुल्क उपचार हुने व्यवस्था



काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौंका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस ल्याएमा काठमाडौंमा निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जालमार्फृत अशक्त र गरिब नागरिकलाई सिफारिससहित महानगरमा आउन आग्रह गरेका छन् । ‘हामीसँग ५२ अस्पतालका तीन सय ७४ बेड छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ,’ उनले भनेका छन् ।

साथै उनले सम्पर्क नम्बर ११८० वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क राख्न पनि आग्रह गरेका छन् ।

के-के चाहिन्छ कागजात ?

१. नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/परिचय पत्र ।

२. राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाण पत्र÷जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो ।
३. रोग पहिचान भए सोको कागजपत्र ।

४. अनुसूची–५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज ।

५. सम्बन्धित स्थानीय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र ।

प्रतिक्रिया दिनुहोस्