Logo
Logo

नेपालमा विश्वस्तरको डाटा सेन्टर निर्माण गर्न भारतीय कम्पनीसँग सम्झौता



काठमाडौं । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सीईओ सुधिर गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि दुई पक्षबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्