Logo
Logo

इलाम अपडेट: दुई वडाको गणना सकियो, कांग्रेस अगाडि



काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ । प्रारम्भिक मतपरिणाममा दुई वटा वडाकोगणना सकिएको छ ।

फाकफोकथुमको वडा नम्बर १ र २ को गणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता कायम राखेका छन् । उनले वडा नम्बर १ मा ६५७ र वडा नम्बर २ मा ४८८ मत गरी ११४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका सुहाङ नेम्बाङले उनलाई पछ्याइरहेका छन्। सुहाङले वडा नम्बर १ मा ५२९ र वडा नम्बर २ मा ५३४ मत गरी १०६३ मत प्राप्त गरे। उनीहरुबीच ८२ मतको मतान्तर छ ।

त्यस्तै तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम छन् । उनले वडा नम्बर १ मा १८७ र २ मा १२४ मत प्राप्त गरे ।

त्यस्त, रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन् । उनले वडा नम्बर १ मा ११५ र २ मा ९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्