Logo
Logo

एकीकृत समाजवादीको मकवानपुर अध्यक्षमा विष्णुप्रसाद दाहाल



मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन् । शनिबार र आइतबार हेटौँडामा सञ्चालन भएको पार्टीको नवौँ जिल्ला अधिवेशनले दाहालकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । ५८ सदस्यीय जिल्ला कार्यसमितिको कार्यकाल ३ वर्षको हुने बताइएको छ ।

जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिव ध्रुवबहादुर भुजेल, उपसचिव टङ्कबहादुर मोक्तान, बेगम बराल र कविन पन्त चयन हुनुभएको छ भने रिक्त रहेको एक उपाध्यक्ष र सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

‘पार्टीलाई अझ बलियो बनाउने जिम्मेवारी छ,’ अध्यक्ष दाहालले भने, ‘सबैलाई समेट्दै अघि बढिनेछ ।’ जिल्ला अधिवेशनको उद्घाटन एकीकृत समाजवादीको केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्