Logo
Logo

इलाम-२ मा एमालेको अग्रता कायमै



इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । १८ हजार ९४८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका छन् ।

सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बू १ हजार १६२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्