Logo
Logo

इलाममा हालसम्म कसले कति मत पाए ?



काठमाडौं । रिक्त एक प्रतिनिधिसभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म १९ हजार १ सय ८१ मत गनिसक्दा २ सय ३३ मत बदर भएका छन् ।

पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना भइरहेको छ ।

गत शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस हिसाबले अब अझै ५० हजारभन्दा धेरै मत गणना गर्न बाँकी देखिन्छ ।

अहिलेसम्म नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्