Logo
Logo

इलाममा १४ वडाको मत गनिसक्दा कसले कति पाए ?



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।

फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गनिसक्दा एमालेले दुई हजार ६ सय १८ मतले अग्रता लिएको हो ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आठ हजार ८ सय ९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले छ हजार २ सय ८० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ४ हजार ६ सय ३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । रास्वपाका उम्मेदवार मिलन लिम्बूले एक हजार ३ सय ६ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । त्यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्