Logo
Logo

लाल मोहम्मद हत्या प्रकरणका एक आरोपी पक्राउ



काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली हानि हत्या गरिएका लाल मोहम्मदको हत्यामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी ब्यबसायी सुरेश केडियाको अपहरण प्रकरणमा दुई वर्ष जेल बसेर छुटेका थिए ।

४ असोज २०७९ मा मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्