Logo
Logo

इलाममा ३७३४ मतले एमालेकाे अग्रता


756
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजारभन्दा बढी मतान्तर पु¥याएका छन् ।

सुहाङ पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३७३४ मतले अगाडि छन् । अहिले ११ बजेसम्म सुहाङले ११ हजार ९ मत पाएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले ७ हजार २७५ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ८९६ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, रास्वपाका उम्मेदवार मिलन लिम्बूले १ हजार ५०९ मत पाएका छन् । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्