Logo
Logo

बझाङमा एमालेका भण्डारी निर्वाचित



धनगढी । बझाङमा प्रदेशसभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । मतगणना सकिएपनि निर्वाचन आयोगले मतपरिणाम औपचारिक घोषणा गरेको छैन ।

उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिकरूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्