Logo
Logo

सिरहामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ



गोलबजार (सिराहा) । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवका तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उनका छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् । गत बुधबार बिहानदेखि हराइरहेका रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राती छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

दुई परिवारबीच घरायसी झगडाहुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्याभएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्