Logo
Logo

समाज बदल्न र गणतन्त्र ल्याउन भूमिका खेलेका छौँः माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज बदल्न पार्टीले महत्ववपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता साझेदार समेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको उल्लेख गरे । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु’, नेता नेपालले भने ।

आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि बताए । ‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भूमिका खेल्यौं’, नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्