Logo
Logo

सुहाङले फेरि बढाए अग्रता



काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा ९एमाले०का सुहाङ नेम्वाङले फेरि अग्रता बढाएका छन् । उनी १९ हजार ११४ मतसहित अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्का ६ हजार ४३९ मतले पछाडि छन् । यसअघि उनी पाँच हजार ८५७ मतले पछाडि थिए । खड्काले १२ हजार ६७५ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छ ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेकोमा अब १९ हजार ३२६ मत गन्न बाँकी रहेको छ । अब इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्