Logo
Logo

दुवै क्षेत्रमा एकीकृत समाजवादीको जमानत जफत


143
Shares

काठमाडौं । उपनिर्वाचन भएका दुवै क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि इलाम–२ र बझाङ प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवारको जमानत जफत भएको हो ।

इलाम–२ मा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र पाए । यस्तै, बझाङमा दिलबहादुर सिंहले २ हजार ५१४ मत पाए ।

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीले उपनिर्वाचनमा आफ्नो जनाधार रहेको भन्दै एक्लै चुनाव लड्ने उद्घोषका साथ उम्मेदवारी दिएको थियो । गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन सकेको थिएन । प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्