Logo
Logo

‘इलाममा सुहाङ, हार्दिक बधाई’


104
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ मा निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । साथै, ओलीले इलामेली मतदातालाई पनि धन्यवाद दिएका छन् ।

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र सुहाङ नेम्वाङ

ओलीले सुहाङलाई आफू इलाम जाँदा कति मतले जितिन्छ ? भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको उल्लेख गर्दै एमालेले नेतृत्वमा युवालाई अघि सार्दै आएको दावी गरेका छन् ।

ओलीले फेसबुकमा लेखेका छन् ‘इलाममा सुहाङ, हार्दिक बधाई !
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो– ५८३० मतान्तरले जीत भयो ।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ । फेरि बधाई सबै इलामेलीलाई !’

प्रतिक्रिया दिनुहोस्