Logo
Logo

म्याङलुङमा विदेशबाट फर्केका नौसहित ३१ क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता


तेह्रथुम, २५ चैत । रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित नौ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।
काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राखेको हो । इटहरीबाट हिँडेर आइपुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर खड्काले बताए ।
भारतको दार्जिलिङ क्षेत्रमा फेरी लगाएर फर्किएका नौसहित १५ जना फेदाप गाउँपालिकामा र सात जना आठराई गाउँपालिकामा गरी जिल्लामा जम्मा ३१ जना क्वारेन्टाइनमा रहेका सहायक प्रजिअ खड्काले जानकारी दिए । क्वारेन्टाइनमा रहेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्