Logo
Logo

कर्णालीमा ७९ को परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, २५ चैत । कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण आशंका गरिएको ७९ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको बताए । ‘स्वाब संकलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ’ उनले भने, ‘हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौँं ।’

प्रतिक्रिया दिनुहोस्