Logo
Logo

उपेन्द्रले बोलाए आफ्ना सांसदको बैठक



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि सोमबार राति काठमाडौं उत्रिएका अध्यक्ष यादवले आफु पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका हुन् ।

पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । यद्यपी बैठक बस्ने समय भने तय भइसकेको छैन ।

अशोक राईले आइतबार जसपाका १२ मध्ये सात सांसद र ३० केन्द्रीय सदस्यलाई लिएर नयाँ दल जसपा गठन गरिसकेका छन् । यता उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्