Logo
Logo

बालुवाटार पुगेर उपेन्द्रले भेटे प्रधानमन्त्री



काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

आइतबार संघीय अध्यक्ष अशोक राईले ७ सांसद र ३० केन्द्रीय सदस्य लिएर नयाँ दल जसपा गठन गरेका छन् । राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिइसकेको छ । अमेरिका भ्रमणमा रहेका उनी सोमबार राति मात्र काठमाडौं आइपुगेका थिए ।

त्यसपछि आज बिहानै बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा पार्टी विभाजनका विषयमा छलफल भएको बुझिएको छ । प्रतिनिधिसभामा रहेका चार सांसद अब उपेन्द्रका पक्षमा छन् ।

जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ । साथै उसले कानूनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्