Logo
Logo

सहकारी प्रकरणमा डरायो रास्वपा, छानविन समिति गठनमा समर्थन नगर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो नहुने र यस विषयमा समर्थन गर्न नसकिने निर्णय भएको रास्वपा संसदीय दलका सचेतक निशा डाँगीले बताए ।

‘उजुरी दिएकै भरमा संसदीय छानबिन समिति बनाउन मिल्दैन । त्यसको औचित्य छैन,’ उनले भने, ‘सभामुखले बोलाएको छलफलमा समर्थन गर्न सक्दैनौँ भनेर कुरा राख्ने निर्णय भएको छ ।’ मंगलबार मध्याह्न १२ सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्