Logo
Logo

ठमेलबाट तीन जना हुन्डी कारोबारी पक्राउ



काठमाडौं । ठमेलबाट दुई चिनियाँ र एक नेपालीसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले हुण्डी कारोबारमा संलग्न रहेका आशंकामा ठमेलका विभिन्न होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको बताए ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ । उनीहरुको साथबाट करिब ९ लाख रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्