Logo
Logo

बागमतीका मुख्यमन्त्रीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल बिरामी भएका छन् । कार्यक्रमको सिलसिलामा रामेछाप जाँदै गरेका मुख्यमन्त्री सिन्धुलीको बाटोमै विरामी परेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जमकट्टेललाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर पठाइएको बताए ।

उनको नर्भिक अस्पतालमा उपचार गराउने तयारी भइरहेको छ । श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र उनको प्रेसर पनि लो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्