Logo
Logo

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग दोहोर्‍याएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउनुपर्ने कुरा कायमै रहेको र त्यो सरकारले समिति बनाउने विश्वास राखेको पनि बताए ।

उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं । सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ, राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं । सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्