Logo
Logo

चट्याङ लागेर २ जनाको मृत्यु



काठमाडौं । गैडहवा गाउँपालिका–१ गैडहवा बस्ने ५३ वर्षीया ज्ञानमती थारूको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित बाख्रा चराउने भनी गएका उनको चट्याङ लागेर मृत्यु भएको हो ।

यस्तै अछाम, रामारोशन गाउँपालिका–७ सुतार बस्ने कमल भण्डारीको घरमा सोमबार बेलुकी चट्याङ पर्दा कमलको छोरा ६ वर्षीय गौरवको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्