Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र बीवाईडीका प्रतिनिधिबिच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङबीच भेटवार्ता भएको छ । 

दुई दिने नेपाल भ्रमणमा रहेका जुलियाङ र साईमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठसहितको टोलीले साेमबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा पारस्परिक सम्बन्ध वृद्धि गर्ने र नेपालको समृद्धिको लागि साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको छ ।


 जुलियाङसहितको टोलीले काठमाडौंको नक्साल र ललितपुरको पुलचोकस्थित बीवाईडीको शोरुमका साथै काठमाडौंको गुह्रेश्वरीमा रहेको बीवाईडी सर्भिस सेन्टरको समेत अवलोकन गरेको थियो ।

त्यस क्रममा नेपाली ग्राहकहरूको आवश्यकता अनुरूप नयाँ सवारी साधन प्रदान गर्ने जुलियाङले प्रतिबद्धता गरेका छन् । 
उनले बीवाईडीको वाहन लाइनअपमा अमूल्य अन्तर्दृष्टि प्रदान समेत गरेका छन् । त्यस क्रममा प्राविधिक नवाचार र ग्राहकको आवश्यकता अनुसार नेपाललाई सवारी साधन उपलब्ध गराउन कम्पनी सधैँ तत्पर रहेको जुलियाङले बताए । 

प्रतिनिधिमण्डलका अर्का सदस्य गिलियन लिउले सन् २०२२ र २०२३ मा ६० प्रतिशतभन्दा बढी इलोक्ट्रोनिक भेइकल (इभी) नेपाल प्रवेश गरेको र यो उल्लेखनीय उपलब्धि भएको बताए । 

बीवाईडीका कर्मचारीहरूको योगदानको सम्मानमा साईमेक्स इन्कले काठमाडौंको मेरियट होटेलमा ‘बीवाईडी गाला नाइट’को आयोजना समेत गरेको छ । उक्त कार्यक्रममा बीवाईडीका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको छ । 

भ्रमण टोलीमा महाप्रबन्धक जुलियाङ र लीसहित यात्रुवहाक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पान प्रबन्धक कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सुी झाङ रहेका छन् । भ्रमणको आयोजना बीवाईडीको आधिकारिक वितरक साईमेक्स इन्कले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्