Logo
Logo

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज



काठमाडौं । इलाम–२ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधिसभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिनेछन् ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्