Logo
Logo

आज राज्यव्यवस्था र शिक्षा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समितिको हलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूची रहेकोे संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्