Logo
Logo

मेची भन्सारले संकलन गर्यो ११ अर्ब ३२ करोड राजस्व



झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालू आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।

भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालू आव ०८०/८१ को चैत मसान्तसम्ममा रु. ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजारबराबरको सामान आयात हुँदा रु. १८ अर्ब ५९ करोड एक लाख ७२ हजारबराबरको मालसमान निर्यात भएको जानकारी दिए । उनले अघिल्लो आ.व. ०७९/८० को सोही अवधिको तुलनामा आयात ८.४५ प्रतिशतले ऋणात्मक हुँदा निर्यात भने १५.९६ प्रतिशतले बढेको बताए ।

काँकडभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरू, जिप्सम, कपडा, फलफूल (जुससमेत)लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा बिरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायतका रहेका भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्