Logo
Logo

बैंक लुट्न गार्डको हत्या, लुटपाटको प्रयास असफल



काठमाडौं । नेपाल बैंकमा सुरक्षा गार्डको हत्या गरी लुटपाटको प्रयास गरिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित शाखा कार्यालयमा ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या गरी लुटपाटको प्रयास गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार हत्यामा संलग्न व्यक्तिहरुको खोजिकार्य भइरहेको छ । ‘घटनाको अवस्था हेर्दा हत्या भएको देखिन्छ ।’, डिएसपी न्यौपानेले भने, ‘हत्यामा संलग्नको खोजीकार्य र अनुसन्धान गरिरहेका छौँ ।’

यसो त बैंकको सीसीटिभी फुटेजमा बिहीबार बिहान ३ः१८ बजे सुरक्षा गार्डको घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

यता बैंकका शाखा प्रबन्धक राजेश चौधरीले पनि बैंकमा सुरक्षा गार्डको हत्या भएको पुष्टि गरेका छन् । बैंकमा अज्ञात समूह प्रवेश गरेर गार्डको हत्या गरी बैंक लुटपाटको प्रयास गरेको पनि चौधरीले बताए । ‘सुरक्षा गार्डको हत्या गरेको बैंकको सिसिटिभी फुटेजमा देखिएको छ ।’, ब्रान्च मेनेजर चौधरीले भने, ‘घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

त्यस्तै, सुरक्षा गार्डको हत्यापछि बैंकमा लुटपाटको प्रयास भएको पनि ब्रान्च मेनेजर चौधरीले बताएका छन् । तर, बैंक लुट्ने योजना असफल भएपछि उनीहरु भागेको चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्