Logo
Logo

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त


- दृष्टि न्युज/संवाददाता


File Photo

बुटवल, २६ चैत । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच जना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआएको भन्दै उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभए भन्दै बर्खास्ती गरिएको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए । उनले भने, ‘हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो ।’
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्