
काठमाडौं । आज काठमाडौं उपत्यकामा ८० प्रतिशत पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सरोज पुडासैनीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा ८० प्रतिशत पानी पर्ने सम्भावना देखिएको हो ।
‘अहिले धापड्याम र नगरकोटमा हल्का वर्षा भइरहेको छ । राति पनि हल्का वर्षा भएको थियो । दिउँसो पनि अझै पानी पर्छ,’ उनले भने, ‘वर्षा हुँदा मेघगर्जन/चट्याङ र हावाहुरीसहितको हुनसक्छ ।’
यसैबीच आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.६ डिग्री सेल्सियस छ भने अधिकतम २४ देखि २६ डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ ।














