Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै


378
Shares

काठामाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको आज बैठक बस्दैछ । संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे तय गरिएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

गत २८ गतेबाट संसद्को बर्खे अधिवेशन सुरू भएको थियो । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नदिने बताउँदै आएको छ । तर, संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष सकरात्मक छैन ।

सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संसद्को गतिरोध हटाउने विषयमा आज साँझसम्म एउटा निष्कर्षमा पुगिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्