Logo
Logo

मानव र लागूपदार्थ तस्करी संलग्न गिरोहलाई ध्वस्त पारेको इराकको दावी


एजेन्सी

252
Shares

बग्दात । इराकी सुरक्षा बलले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको र देशभरबाट ४० जना विदेशीलाई पक्राउ गरेको इराकी सञ्चारमाध्यमले जनाएका छन् ।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिसले गृह मन्त्रालयसँगको सहकार्यमा अपहरण, जबरजस्ती असुली, जालसाजी तथा मानव र लागूपदार्थ ओसारपसारका अपराधमा संलग्न रहेको आशङ्कामा ४० जना विदेशीलाई पक्राउ गरेको सुरक्षा मिडिया सेलले शनिबार जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा बलहरूले बगदाद र अन्य धेरै इराकी प्रान्तमा खुफिया रिपोर्टहरूका आधारमा संदिग्धहरूलाई पक्राउ गरेको हो । विज्ञप्तिमा यी दुई गिरोहद्वारा निशाना बनाइएका अधिकांश पीडित इराकमा बसोबास गर्ने विदेशीहरू रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्