Logo
Logo

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह


1.8k
Shares

काठमाडौं । पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणपछिको अवस्थालाई मध्यनजर गर्दै दूतावासले स्थिति सामान्य नहुञ्जेलसम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका सबै नेपाली सकुशल रहेको पनि जनाएको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सएप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्रावासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्